समाचार

ब्रेक फेल भएर दुर्घटना हुँदा २५ जना घाइते, ठूलो दुर्घटना हुनबाट जोगाए यि अनुभवी चालकले

र्घाखाँची। अर्घाखाँचीमा बसको ब्रेक फेल हुदाँ २५ जना घाइते भएका छन् ।शितगंगा नगरपालिका २ भुवनपाटामा यात्रु बोकेर बुटवलतर्फ फर्कँदै गरेको लु १ ख ७९४१ नम्बरको बस ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।दुर्घटना मंगलबार साँझ भएको हो ।

दुर्घटना हुँदा घाइते भएका मध्ये १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ भने ९ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।बस चालकको बुद्दि र साहसका कारण ठुलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ ।बसको ब्रेकफेल भएपछि चालकले बस घुमाएर सडकको भित्तामा ठोक्काएर दुर्घटना हुनबाट जोगाएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *