२०८० मंसिर ८ शुक्रबार
काठमाडौ ।मेडिकल व्यवसायी तथा धर्म ,राष्ट्रिय ,राष्ट्रियता तथा नागरिक बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईकाे रिहाइको माग गर्दै प्रहशन भएको छ। भक्तपुरको सल्लाघारिमा उनका समर्थकले पर्साइलाई नजरबन्दमा राखिएको भन्दै रिहाइको माग गरि प्रदर्शन गरेका हुन ।
भक्तपुर प्रमुख जिल्ला अधिकारीका अनुसार पर्साईकाे सुरक्षामा ध्यान दिदै निगरानीमा राखिएको बताउनु भएको छ। उहाँले भन्नुभयो ” सरकारले उहाँको आन्दोलन स्थल तय गरिसकेको छैन त्यसैले सुरक्षा दिएका हौ। कार्यक्रम स्थल निर्धारण भएमा जान दिने उहाँको भनाइ रहेको छ। “
हिजो पर्साईले काठमाडौकाे तिनकुनेमा आन्दोलन गर्ने पत्रकार सम्मेलन मार्फत बताएका थिए। यस अघि नै उनले ७,८,९ गते लगातार अान्दोलनकाे घाेषणा गरिसकेका थिए। भक्तपुरस्थित प्रसाईंको निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको छ । प्रहरी परिचालनपछि प्रसाईं घरबाट बाहिर निस्किन सकेका छैनन् । प्रसाईंले आफू होम एरेस्टमा रहेको बताएका छन् ।
यससँगै सरकारले पर्साईलाई अान्दाेलन गर्न बन्देज गरेकाे बुझन्छ।


