अ+
अ
अ-
पुृस , २६
काठमाडौं । पूर्व एमाले नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसँगको वार्तापछि भुसाल एकीकृत समाजवादी प्रवेश गर्न तयार हुजु भएको हो ।
एकीकृत समाजवादीको उपमहासचिव डा. विजय पौडेलका अनुसार भुसालले वार्ता समितिलाई ‘कम्युनिष्ट आन्दोलनको पुनःगठन, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव’ लेख्दै एकीकृत समाजवादी प्रवेश गर्न तयार हुनु भएको हो
उपमहासचिव पौडेलले भन्नु भयो – ‘हाम्रो वार्ता समितिले कमरेड घनश्यामसँग कुराकानी गरेको छ । उहाँ हाम्रो पार्टीमा प्रवेश गर्न सहमत हुनु भयो । उहाँले आगामी दिनमा सैद्धान्तिक–वैचारिक मतभेद नरहोस भन्ने बुझाइका साथ वार्ता समितिलाई विशेष प्रस्ताव समेत लेख्नु भएको छ । उहाँ भोलि वा पर्सीभित्र पार्टी प्रवेश गर्नुहुने छ ।’


