पुस, २५
काभ्रेपलान्चोक । बागमती प्रदेशका निवर्तमान कृषि तथा पशुपंन्छी बिकास मन्त्री बसुन्धरा हुमागाँइले मन्त्रालयबाट आफ्नो कार्यकाल सम्पन्न गरि विदाइ हुँदै सबैप्रती धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ ।
आफ्नो कार्यकालको ३९० दिनसम्म पदमा रहदा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सबैलाई हृदयदेखि धन्यवाद दिनु भएको हो । बाग्मति प्रदेश कृषि तथा पशुपन्छि विकास मन्त्रालयले राखेको विदाइ कार्यक्रममा मन्त्री हुमागाँइले आभार व्यक्त गर्नु भएको हो ।
उहाँले भन्नू भएको छ “- मन्त्री बनाएर काम गर्न अबसर दिने मेरो पार्टीका अध्यक्ष कमरेड माधब कुमार नेपाल , माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे , माननीय राज्यमन्त्री इन्द्रमाया गुरुङलाई धेरै धेरै धन्यवाद छ ” । नेकपा एकीकृत समाजवादी काभ्रेका जिल्ला अध्यक्ष समेत रहनु भएका हुमागाँइले प्रदेश कार्यालयमा कार्यरत सचीव डा.शरण कुमार पाण्डे सहित उहाँको कर्मचारी टिम लगायत प्रती खुशि व्यक्त गर्नु भएको छ ।
अन्तर मन्त्रालय मन्त्री तथा सचिब सहित कर्मचारी मित्रहरु,प्रदेशका माननीय सदस्यहरु , आम संन्चार माध्यमका पत्रकार मित्रहरू र यस अबधिमा सचिवालय सुरक्षा टिममा बसेर सहयोग गर्नु हुने सुरक्षाकर्मि साथिहरु सबैलाई हुमागाँइले सम्झनु भएको छ । उहाँले माया गरेर साथ दिनुहुने सम्पुर्ण मित्रका साथै अमूल्य मत दिएर २०७४काे प्रदेशसभा सदस्यमा निर्बाचित गराउनु हुने सम्पुर्ण मतदाता , समर्थक र शुभचिन्तक सबैमा हार्दिक धन्यवाद आभार ब्यक्त गर्दछु , भन्नुभएको छ ।
भोली सम्म बागमती प्रदेशको सरकार निर्माण भइसक्ने भएकाले सत्तारुढ दलहरुका सांसदको हस्ताक्षर संकलनका लागि हेटौंडा आउन थालेका छन् । त्यसको दुई दिन अगावै हुमागाँइकाे विषेश विदाइ कार्यक्रम राखिएको थियो ।


