समझदारीमा संसद चलाउन सबै दललाई प्रधानमन्त्रीकाे आग्रह

+
-

 

पुस ,२५
काठमाडौं । गत मंसिर ४ काे निर्वाचन पछि बसेकाे प्रतिनिधि सभाकाे पहिलो बैठक आज बसेकाे छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बसेकाे बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकाे प्रतिनिधिसभाले सुशासनलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनु भएको छ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुने बताउँदै यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनु भएको हो ।

उत्तेजनाभन्दा पनि समझदारीमा संसद्लाई अगाडि बढ्नुपर्नेमा भन्दै प्रधानमन्त्री प्रचण्डले संसद्मामा लोकतान्त्रिक अभ्यासको वातावरण हुनुपर्ने बताउनु भयो ।