रवि लामिछानेले संविधानकाे पालना गरेका छन त ? नेतृ श्रेष्ठ

+
-

पुस,
काठमाडौ । नेकपा एकीकृत समाजवादीकि केन्द्रीय परिषद सदस्य तथा नेपाल नेवा राष्ट्रिय सघंकि केन्द्रीय सचिव कल्पना श्रेष्ठले संघियता विराेधी शक्तिलाई लिएर बनेको सरकारकाे अौचित्य नरहेको बताउनु भएको छ।

भक्तपुरकाे एक कार्यक्रममा टुकी नेटवर्कसंग कुरा गर्दै नेतृ श्रेष्ठले अहिलेकाे सरकारमा सहभागी गृहमन्त्री संघीयता विराेधी भएको बताउदै गृहमन्त्रीका कारण संघीयता माथि खतरा रहने बताउनु भएको हो ।

नेतृ श्रेष्ठले भन्नुभयो रास्वपामा सभापतिले मंसिर ४ काे निर्वाचनमा संघमा मात्र उम्मेदवारी दिएर चुनाव जित्नु भयो तर प्रदेशमा कुनै ठाउमा उम्मेदवारी दिनु भएन् । के ? रविले आन्दोलनबाट आएको परिवर्तनकारी संविधान साेझै उलंघन गरेकाे देखिन्छ । प्रदेशमा प्रतिनिधि नउठाउनुले शंका गर्ने ठाउँ रहेको छ ।” रवि लामिछानेले संघीयतालाई जतिखेर पनि खारेजकाे माग गर्न सक्छन् । उनले नेपालकाे संविधानलाई पुर्णरुपमा पालन गरेकाे देखिदैन । संविधान नमान्ने मानिसले जुनसुकै बेला संविधान विरोधी गतिविधि गर्न सक्ने खतरा छ “। उहाँको भनाइ थियोे ।

याे सरकार गैरसंवैधानिक छ किनभने सरकारले संघीयता खारेज , हिन्दुराज्य र राजतन्त्रको वकालत गर्ने राप्रपा र वास्तविक एजेन्डा नभएको पार्टीलाई काँधमा बाेकेर हिडेकाे छ ।यहि संविधानकाे जगमा दुईपटक स्थानीय तह र संघ , प्रदेशकाे निर्वाचन भइसकेको छ। हिजो संविधानमा लेखिए विपरीत कदम चाल्ने ओलि सरकार दक्षिणपन्थी भयो तर संविधानकाे पालन नगर्ने गृहमन्त्री संविधानकाे पक्षधर हुने याे कस्तो चरित्र हो ? विगतमा आराेप लगाउनेहरु आज तिनै दक्षिणपन्थीलाई बाेकेर हिड्ने अनि आग्रगमनकाे कुरा गर्ने याे कसरी सुहाँउछ ? भन्दै प्रश्न गर्नु भएको छ ।

सातवटै प्रदेशमा आफ्नो पार्टीको प्रतिनिधित्व नभएको अबस्थामा रास्वपाले प्रदेशमा उठेका सबाललाई महत्त्व दिन्छ भन्ने ग्यारेन्टी के छ ? प्रदेशका कतिपय मुद्दा कार्यान्वयन हुन बाँकि रहेकाे बताउदै नेतृ श्रेष्ठले भन्नुभयो  प्रदेशमा अब बन्ने निति र कानुन बनाउन गृहमन्त्रीले भुमिका नखेल्ने निश्चित छ ।