सरकारमा जान हतार छैन – अध्यक्ष माधव कुमार नेपाल

+
-

पुस,२३

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेकाे अबस्थामा सरकारमा सहभागी नहुने बताउनु भएको छ।

नेपाल नेवा राष्ट्रिय संघ समाजवादीकाे प्रथम अधिवेशनकाे भक्तपुरमा अायाेजित कार्यक्रमलाई आज विहान उदघाटन गर्दै अबकाे ४ वर्ष पार्टी निर्माणमा लाग्ने र सरकार – सत्ताकाे लागि मात्र मरिहत्य नगर्ने बताउनु भएको हो ।

नेपाल काङ्ग्रेससंगकाे गठबन्धन टुटेर नयाँ राजनितीक समिकरण बनेपछि बसेकाे पार्टीको स्थायी कमिटी र पाेलिटव्युराे बैठकबाट सरकारमा अहिले नै सहभागी हुने निर्णय भईनसकेको बताउनु भएको हाे । हामीले देशभरका जिल्ला अध्यक्ष र ईन्चार्जहरुसंग जुम मिटिङ गरेका थियौं । त्यस मिटिङमा साथिहरुले सरकारमा जान हतार गर्नु भन्दा पनि पार्टी निर्माणकार्यमा लाग्नु पर्ने सुझाव दिएको अध्यक्ष नेपालकाे भनाइ थियोे ।

पुस २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत दिने कि नदिने सरकारकाे नीति तथा कार्यक्रम र अाधारमा निर्णय गरिने अध्यक्ष नेपालकाे धारण थियो । वामपन्थीहरुकाे माेर्चा बनाउन विभिन्न पार्टी र नेताहरुसँग छलफल चलिरहेको छ । हामी माेर्चा बनाएर जाँदा बलियो हुने छौ । त्यस पछि कसलाई र कुन पार्टीलाई समर्थन गरेर सरकार बनाउने साेच्न सकिने खुलासा गर्नु भयो ।