बेथानचाेक वडा नम्बर ५ मा छिर्के- लुकुवा माेटरबाटाे शिलान्यास

+
-

पुस ,२०

काभ्रेपलान्चोक । काभ्रेको बेथानचाेक गाउँपालिका वडा नम्बर ५ स्थित छिर्के- लुकुवा माेटर बाटाे शिलान्यास भएको छ।

आज समाजसेवी टीका प्रसाद हुमागाँइकाे सकृयतामा छिर्के श्रि मिलन प्राथमिक विद्यालयकाे चौताराे छेउमा बेथानचाेक गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजकुमार वाइवा , पनौती नगरपालिका वडा नम्बर ११ अध्यक्ष बिपेन्द् लामा , नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य र नेकपा माओवादी केन्द्रका नेता पेमा लामाले संयुक्तरूपमा शिलान्यास गर्नु भएको हो ।

नेपाल सरकार बाग्मती प्रदेशकाे १० लाख ७ हजार ५९७ लागतमा अल्छे भञ्ज्याङ – छिर्के – लुकुवा २ किलोमिटर माेटर बाटो निर्माण हुन लागेको हो । गत वर्ष पनि बाग्मती प्रदेशकाे १० लाख सहयोगमा लुकुवाबाट १ किलोमिटर ट्रयाक खुलिसकेकाे छ। यस वर्ष छिर्केबाट लुकुवा तर्फकाे ट्रयाक खाेल्ने कार्यकाे सुरुवात गरिएको हो ।

शिलान्यास कार्यक्रममा दुबैवटा वडाका अध्यक्षहरु , सबै दलका प्रतिनिधिहरु , माेटर बाटो उपभोक्त समितिका अध्यक्ष रेशम बहादुर तामाङ लगायत समितिका सदस्यहरु , नागरिक समाज , बुद्धिजीवी र स्थानीयकाे बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ११ का अध्यक्ष बिपेन्द् लामाले विकास सबैको आबाश्कता रहेको बताउदै बेथानचाेक ५ का जनताले उपभाेग गर्ने सेवा सुबिधामा सधैं आफ्नो सहयोग रहने बताउनुभयो । यो पार्टी उ पार्टी नभनि संयुक्तरूपमा बाटो शिलान्यासकाे कार्यक्रम गर्न पाउँदा अपनत्व महशुस भएको भन्दै अध्यक्ष लामाले खुशि व्यक्त गर्नु भयो ।

यस्तै बेथानचाेक वडा नम्बर ५ का अध्यक्ष राजकुमार वाइवाले याे छिर्के- लुकुवा माेटरबाटाे खाेल्न सकेकाे खण्डमा यहाँका जनताले छाेटाे दुरीमा आवतजावत गर्न पाउने भन्दै किसानकाे बारीमा फलेको तरकारी ,फलफुल बजारसम्म लैजान सजिलो हुने बताउनु भयो । वडाबासीकाे विकासकाे चाहानामा आफू सधै लागिरहने बाचा गर्दै अध्यक्ष वाइवाले अागामि दिनमा गाउँपालिकाबाट पनि बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिबद्वता व्यक्त गर्नु भयो ।

यसरी कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता पेमा लामाले विकास निर्माणकाे कार्यमा फरक दल र बिचार नभनि एकताबद्ध भएर लाग्न आग्ङगर्नु भयो ।