यातायातका क्षेत्रमा देखिएको समस्या कार्यदल बनाएर समाधान गर्न सकिने

+
-

पुस, १८
काठमाडौ । अखिल नेपाल यातायात मजदुर संघलेे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको छ।

आज अखिल नेपाल यातायात मजदुर संघ केन्द्रिय कार्य समितिद्वारा मन्त्री श्रेष्ठको कार्यकक्षमा भेटेर अौपचारिक रुपमा बधाई तथा शुभकामना व्यक्त गरिएकाे हो ।

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष दिपक के सि काे नेतृत्वमा संघका पदाधिकारीहरुकाे समुहले बधाई तथा शुभकामना दिनुकाे साथै यातायात , श्रमिक, व्यवसायी र यात्रु लगायत आम उपभोक्ताले भाेग्नु परेको समस्या बारे जानकारी गराएको थियो ।

उक्त शुभकामना भेटघाट कार्यक्रममा यातायातका क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि नेपाल यातायात मजदुर संघ, संगठन, श्रमिक र व्यवसायी महासंघ सहितको संयुक्त कार्यदल बनाउने र साे कार्यका लागि गठित कार्यदलले विस्तृत अध्यायन गरि प्रतिवेदन पेश गर्ने विषयमा छलफल भएको अध्यक्ष केसि ले जानकारी दिनुभयो ।