पुस,१७
काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले किसानलाई दिदै आएको अनुदान राेकिन नहुने बताउनुभएको छ ।
दसौं राष्ट्रिय पाेल्टि् दिवसको अबशरमा काभ्रेको राेशि गाउँपालिकामा गरिएको समापन कार्यक्रमलाई सम्बाेधन गर्दैन प्रमुख गौतमले उक्त कुरा बताउनुभएको हो । किसानलाई दिने अनुदान रकमको विराेध हुदै आएको छ । याे सबै सुकिला मुकिला र झाेलामा कृषि फर्म बाेकेर हिड्नेले गर्दा यसकाे दुरुपयोग भएको हो ।
उहाँको भन्नुभयो – यहाँ वास्तविक किसानले अनुदान पाएका छैनन् , तर पहुचवालाले नक्कली काम गरेर किसानलाई पिडित बनाएका उदाहरण धेरै छन्। पाेल्टि् व्यवसाय जाेखिमपुर्ण व्यवसाय भएको बताउदै आगामी दिनमा कुखुराको पनि विमा गरि व्यवसायलाई सुरक्षित गर्न आवाश्यक रहेको प्रमुख गौतमको धारणा थियोे । यहाँ सबैखाले कृषि व्यवसायकाे विमा भईरहेकाे छ तर जसले मासु र अण्डाकाे मागलाई पुर्ति गरिरहेकाे छ त्यस व्यवसायलाई सुरक्षित गर्न कुनै क्षेत्रबाट पनि विषेश पहल कदमि नभएकोमा दुखेसाे व्यक्त गर्नु भयो ।
कुनै समय आफू पनि कृषक नै रहेको उदाहरण दिदै प्रमुख गौतमले मासुकाे मूल्य बढाउन पहल गर्ने र कृषका समस्य के छन अबगत गराउन आग्रह गर्नु भएको छ । म समस्य सुन्ने ठाउमा छु । मैले माथिल्लो निकायमा जानकारी गराउनु पर्छ र गराउने छु । अबका दिनमा उत्पादन र लागतकाे आधारमा अनुदान दिनु लगाउनु पर्ने कुरामा हाम्रो ध्यानाकर्षण हुने छ – प्रमुख गौतमले भन्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रे जिल्ला कृषिमा आत्मनिर्भर जिल्ला रहेको भन्दै यसले उपत्यकाको माग पनि पूरा गरेकोमा खुशि व्यक्त गर्नु भयो । यहाँका स्थानीय तहले कृषिमा दिएको प्राथमिकता प्रशंसायाेग्य भएको बताउदै अझै अाफ्नाे पालिकालाई व्यवसायमुखि बनाउन सुझाव दिनु भयो ।
यस्तै राेशि गाउँपालिका अध्यक्ष दिनेश लामाले नाराले मात्र समृद्वि नआउने बताउनु भयो । नारालाई जस्तै युवा जनशक्ति र लगानिकर्तालाई आकर्शित गर्न सके मात्र समृद्ध राेशि बनाउन सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा पाेल्टि् व्यवसायी महासंघका सल्लाहकार ईश्वर शर्मा , व्यवसायी रविन्द् सिपखान , नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष माेतिराम तिमल्सिना , गाउँपालिका उपाध्यक्ष लगायत अतिथिहरुले आ आफ्ना धारण राख्नु भएको थियो ।


