सप्ताहव्यापी पोल्ट्री दिवसकाे कार्यक्रम भव्यताका साथ समापन

+
-

पुस ,१७

काभ्रेपलान्चोक  । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार – हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित सुरु भएको  राष्ट्रिय पोल्ट्री दिवस, २०७९ काभ्रेको  सप्ताहव्यापी कार्यक्रम आज समापन गरिएको छ।

बाग्मति प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलान्चोकले मनाएको सप्ताहव्यापी दिवस  जिल्लाकाे राेशि गाउँपालिका वडा नम्बर ९ मंगलटारमा भव्य कार्यक्रम रहित सम्पन्न गरिएको हो ।

वि.सं. २०१७ साल पौष १७ गते सरकारीस्तरबाट बाराको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरीको उद्घाटन भएको सन्दर्भमा उक्त दिनको ऐतिहासिक महत्वलाई दृष्टिगत गरी वि.सं. २०७० सालदेखि हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइने गरिएको थियो ।  काभ्रे जिल्लामा याे दिवस पहिलोपटक  विभिन्न कार्यक्रम गरि  मनाइएको हो ।

जिल्लामाअण्डा तथा मासुजन्य पदार्थको वारे जानकारी दिने  विभिन्न उदेश्य सहित  कार्यक्रम आयाेजना गरिएको थियोे ।यसले  पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रवद्र्धन गर्ने तथा पोल्ट्रीजन्य उत्पादनको पौष्टिक महत्वका बारेमा उपभोक्तालाई जानकारी गराइ दैनिक उपभोगका लागि आकर्षित गर्ने ,प्रदेशकाे अर्थतन्त्रमा याे व्यवसायले पुर्याएकाे वर्तमान अबस्था बारे समीक्षा गर्ने , पाेल्टि् व्यवसायकाे महत्वबारे संचार माध्यमबाट प्रचार प्रसार गर्ने  अादि रहेको थियोे ।

जिल्ला समन्वय समितिका अध्यक्ष दिपक कुमार गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उप प्रमुख रिम बहादुर तामाङ , राेशि गाउँपालिका अध्यक्ष दिनेश लामा , विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे ,  नेपाल पत्रकार महासंघ काभ्रेकि उपाध्यक्ष सरिता सापकोटा , निवर्तमान अध्यक्ष माेतिराम तिमल्सिना लगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकार र स्थानीयबासिहरुकाे बाक्लाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा यस क्षेत्रमा विभिन्न ठाउबाट याेगदान पुर्‍याउनु हुने महानुभावहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पाेल्टि् व्यवसायी , दाना चल्ला उत्पादक , प्रचार प्रसारमा सहयोग गर्ने मिडियाकर्मि आदि रहनु भएको थियोे ।

यस्तै उक्त कार्यक्रममा जिसस प्रमुख ,उप प्रमुख , पालिका अध्यक्ष , उपाध्यक्ष , प्रमुख जिल्ला अधिकारीलाई पनि सम्मान गरिएको थियो ।