पुस ,१५
काभ्रेपलान्चोक । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार – हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित राष्ट्रिय पोल्ट्री दिवस, २०७९ कार्यक्रम काभ्रेमा सप्ताहव्यापी कार्यक्रम जारी छ ।
वि.सं. २०१७ साल पौष १७ गते सरकारीस्तरबाट बाराको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरीको उद्घाटन भएको सन्दर्भमा उक्त दिनको ऐतिहासिक महत्वलाई दृष्टिगत गरी वि.सं. २०७० सालदेखि हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।
मुलुकको कुल ग्राहस्थ उत्पादनमा करिब १३ प्रतिशत याेगदान पशुपन्छि पालन व्यवसायले बाग्मति प्रदेशमा मासु तथा अण्डाकाे उत्पादनमा २२ र ६० प्रतिसत माग पूरा गरेको छ।
यस सप्ताह व्यापि कार्यक्रमकाे मुख्य उदेश्य
१) पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रवद्र्धन गर्ने तथा पोल्ट्रीजन्य उत्पादनको पौष्टिक महत्वका बारेमा उपभोक्तालाई जानकारी गराइ दैनिक उपभोगका लागि आकर्षित गर्ने ।
२)प्रदेशकाे अर्थतन्त्रमा याे व्यवसायले पुर्याएकाे वर्तमान अबस्था बारे समीक्षा गर्ने ।
३) पाेल्टि् व्यवसायकाे महत्वबारे संचार माध्यमबाट प्रचार प्रसार गर्ने अादि रहेको छ।
यस्तै सप्ताहव्यापी कार्यक्रम अन्र्तगत काभ्रेको पनौती नगरपालिका –५, चौकोट स्वास्थ्य चौकीका सुत्केरी र गर्भवती महिला, विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अण्डा तथा मासुका बारेमा विभिन्न जानकारी दिइएको छ ।
कुखुराको अण्डा र मासुको पौष्टिक महत्व बारे स्कुल शिक्षा
सो अवसरमा कुखुराको अण्डा र मासुको पौष्टिक महत्वबारे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख राजकुमार हुमागाई र सूचना अधिकारी डा.नितेश कार्कीले धनेश्वर आधारभुत विद्यालय र बालमन्दिर धुलिखेलमा अध्ययनरत विद्यार्थीहरुलाई प्रस्तुतिकरण तथा आवश्यक शिक्षा दिनुभयो ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अण्डा खुवाइयो –
धनेश्वर आधारभुत विद्यालय, पनौती र बालमन्दिर स्कुल धुलिखेलमा अध्ययनरत विद्यार्थी र शिक्षक तथा कर्मचारीहरुलाई स्कूल शिक्षा पश्चात अण्डा सहितको खुवाउने कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यालयका सम्पूर्ण कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा पनौती नगरप्रमुख रामशरण भण्डारी, पोल्ट्री व्यवसायी अन्र्तगत हिमालयन ह्याचरीका दयाराम महत लगायत विभिन्न महानुभावहरुको सहभागीता रहेको बताइयो ।
शनिबार बिहान ८ बजे बनेपा नपा–७, स्थित तरकारी बजारमा मजदुरहरुलाई अण्डा र मासुबारे जानकारी दिने र अण्डा खुवाउने कार्यक्रम रहेको जानकारी केन्द्रका प्रमुख राजकुमार हुमागाई जानकारी दिनुभयो । आइतबार कार्यक्रमको समिक्षा गर्ने र उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरी समापन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।



