सुरक्षा निकायलाई गृहकाे नयाँ निर्देशन

+
-

पुस ,१४

काठमाडौं । गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीहरुले कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुपरेमा अनिवार्य विभागीय अनुमति लिनुपर्ने निर्देशन दिएको हो ।

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएकाले यस्तो निर्णय गरिएको  गृहमन्त्रालयका  प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् ।