नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकाे चार वर्षे प्रगति विवरण सार्वजनिक

+
-

पुस, १३
काठमाडौ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आफ्नो चार वर्षे कार्यकालमा के कस्ता काम भए भन्ने विषयमा जानकारी दिन पत्रकार सम्मेलन गरेको छ।

आज प्रतिष्ठानका उपकुलपतिले पत्रकार सम्मेलन मार्फत आफ्नो चार वर्षे कार्यकाल समाप्त हुन लागेको भन्दै आफुले गरेको कामको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियोे ।

ललितकला प्रज्ञा प्रतिष्ठानकाे भाजुमान सभाहलमा गरिएको पत्रकार सम्मेलनमा उपकुलपति के के कर्मचार्यले प्रतिष्ठानले गरेको तत्कालीन , मध्यकालीन र दिर्घकालिन कामकाे फेहरिस्त सार्वजनिक गर्नु भएको थियो ।

उक्त कार्यक्रममा उपकुलपति सहित प्रतिष्ठानका पदाधिकारीहरु कलाकार गाेपाल चित्रकार , विपिन कुमार घिमिरे , प्राज्ञ रमेश नाथ खनाल , देवी यादव ,सुस्मा राजभण्डारी , लालकाजी लामा,बुद्धि गुरुङ लगायत संचारकार्मिहरुकाे उपस्थिति रहेको थियो ।