पुस , १३
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाकाे नदीजन्य पदार्थ संकलन र उपयाेग तथा खानिजन्य उद्योग सम्बन्धि जिल्ला स्तरीय स्थलगत अनुगमन कार्यदलले तयार गरेको प्रतिवेदन सार्वजनिक गरि जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रुपमा बुझाएको छ।
आज धुलिखेल स्थित जिल्ला समन्वय समितिकाे सभाहलमा पत्रकार सम्मेलन गरि कार्यदलले प्रतिवेदन सार्वजनिक र हस्तान्तरण गरिएको हाे ।
काभ्रेमा नदीजन्य पदार्थ संकलन ,उपयोग र उत्खनन सम्बन्धि अध्यायन गरि सुझाव सहितकाे प्रतिवेदन बुझाउन जिल्ला समन्वय समितिका प्रमुखकाे अध्यक्षता र समन्वय अधिकारी शान्तराज प्रर्साइकाे संयाेजकत्वमा नौ सदस्यीय कार्यदल बनेकाे थियो ।
उक्त कार्यदलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपाने , सशस्त्र प्रहरी बलका नायब उपरीक्षक केशब राज प्याकुरेल , सडक डिभिजन कार्यालयका न्हुच्छेकृष्ण श्रेष्ठ , जिल्ला प्रशासन कार्यालयका अधिकृत परशुराम थापा रहनु भएको थियोे । यस्तै अन्य सरकारी कार्यालयबाट मन्दिप कुमार कर्मचार्य नापि , पुर्वाधार बिकास कार्यालयका सव ईन्जिनियर निरज महत , घरेलु तथा साना उद्योग कार्यालयका रविन्द चौलागाईं र आन्तरिक राजस्व कार्यालयका नासु वसन्त गैरे सदस्य रहेको कार्यदल बनेको थियो ।
कार्यदलले मंसिर ४ काे निर्वाचन अधि नै प्रतिवेदन तयार गरेको भए पनि निर्वाचनलाई मध्यनजर गर्दै प्रतिवेदन सार्वजनिक गरिएको थिएन ।
कार्यदलले तयार गरेको प्रतिवेदनमा जिल्लाका नौवटा पालिकामा ४८ उद्योग संचालन भएको उल्लेख छ तर ४२ वटा उद्योगकाे मात्र अध्यायन र अनुगमन गर्न सकिएको बताउनु भयो । उहाँले भन्नुभयो ” स्थानिय सरकारले गरेको सहयोग अनुरुप हामीले विस्तृत अध्यायन गरेर प्रतिवेदन तयार गरि बुझाएका छौ।”
जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले प्रतिवेदन बुझ्दै ” प्रकृतिमाथि भएको दाेहन राेक्न आफुले सक्दाे प्रयास गर्ने बताउनु भएको छ। एक कराेड राजस्वकाे लाेभमा एक अरबकाे क्षति व्यहाेर्नु पर्ने दिन आउन सक्छ त्यसकाे लागि बेलैमा सजक हुनु पर्ने उहाँको भनाइ थियो ।


