पुस ,१२
काठमाडौ । बाग्मति प्रदेश कृषि तथा पशुपन्छि विकास मन्त्रालयले किसान परिचय पत्र वितरण कार्यविधि २०७९ लागू गरेको छ।
बाग्मति प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा पुस ११ गते सुचना प्रकाशित भएसंगै किसान परिचयपत्र वितरण कार्यविधि लागू भएको हो ।
प्रदेश भित्र रहेका किसानहरूलाई व्यवसायिकताकाे आधारमा वर्गीकरण गरि किसान परिचयपत्र वितरण गर्न प्रदेश कृषि विकास अध्यादेश २०७९ काे दफा ३० ले दिएको अधिकार प्रयाेग गरि मन्त्रालयबाट कार्यविधि स्वीकृत गरेर लागू गरिएको हो ।
किसान परिचयपत्र प्राप्त गर्नकाे लागि नागरिकताकाे प्रतिलिपि , व्यवसाय दर्ता प्रमाणपत्र , प्यान तथा भ्याट चुक्ता प्रमाणपत्र र किसान कुनै सहकारी समुहमा आबद्ध भए साेकाे प्रमाणपत्र पेसा गर्नु पर्ने छ।
मन्त्रालयले १३ पेजमा तयार गरेको कार्यविधि अनुसुचि १ दफा ३ मा किसानकाे वर्गीकरण मापदण्ड ताेकिएकाे छ । निर्बाहमुखि , अर्धव्यवसायिक र व्यवसायिक ३ किसिमका किसानलाई वर्गीकरणमा राखिएको छ।
वर्गिकरणमा परेका किसानलाई राताे , पहेलो र हरियाे रङकाे परिचयपत्र वितरण गरिने मन्त्रालयकाे कार्यविधिमा उल्लेख गरिएको छ ।
किसान परिचयपत्र वितरण कार्यविधि लागू गराउन वाग्मती प्रदेशका माननीय कृषि तथा पशुपन्छि मन्त्री बसुन्धरा हुमागाँईकाे विशेष पहल कदमि रहेको थियो । याे कार्यविधि कार्यन्वयन भएसंगै किसानकाे पक्षमा काम भएको हुमागाँइकाे भनाइ रहेको छ । आगामी दिनमा बाग्मति प्रदेशका किसानहरुकाे व्यवसायिकतामा आमूल परिवर्तन हुने उहाँको भनाइ छ ।


