पुस ,११
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ । आज अपराह्न शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सपथ खुवाउनु भएको हो ।
तेस्रो पटक प्रधानमन्त्री बन्नु भएका प्रचण्डले यस अधि काेट पाईन्ट र टाई लगाएर सपथ लिनु भएको थियो । उहाँले पहिलो पटक दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकाे छ ।
प्रचण्ड एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बन्नु भएको हो । आइतबार अपराह्न १६९ सांसदको समर्थनसहित शीतलनिवास पुगेपछि राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो ।
आजै तिनजना मन्त्री र तिन जना राज्यमन्त्री नियुत गरिएको छ।
उपप्रधानमन्त्री सहित माओवादबाट नारायण काजि श्रेष्ठ, नेकपा एमालेबाट विष्णुप्रसाद पौडेल र रास्वपबाट रवि लामिछाने रहनु भएको छ।


