चाल्स शाेभराज जाे सधैं समाचार बनिरहन्थे

+
-

पुस,७
काठमाडौ । विश्वमा कुख्यात अपराधीकाे नामले परिचित  फ्रान्सेली नागरिक    चाल्स शाेभराज  रिहा भएका छन् ।

उनलाई नेपालकाे कानुन अनुसार जेष्ठ नागरिककाे सुविधा दिएर जेल मुक्त गरिएको हो । हिजो सर्बोच्च अदालतले शाेभराजलाई रिहा गरि आफ्नो देश पठाउन आदेश दिएको थियोे ।

शोभराजले २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरि भक्तपुरको मनोहरा खोलामा फालेका थिए ।

उनीविरुद्ध भक्तपुरका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए । त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता देखिएको थियो ।

सोही मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल  भएका थिए । विश्वका विभिन्न देशमा अपराध गर्दै जेल ताेडेर भाग्न सफल शाेभराज  २०६० सालमा नेपाल आउँदा पक्राउ परेका थिए । त्यसयता उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन् ।
केन्द्रीय कारागारमा कैद जीवन बिताइरहदा पनि उनी एउटा एउटा प्रकरणमा चर्चामा आइरहन्थे । शाेभराज जेल भित्र बारम्बार बदमासी गरिरहेका हुन्थे । थरि थरीका मानिससँग संगत गर्दै पटकपटक भाग्ने काेसिश पनि गरेका थिए । उनले यतिसम्म गरेकी नेपाली नागरीक निहिता विस्वास नाम गरेकि केटिसंग विवाहको नाटक गरे ।  शाेभराज जेलबाट उक्त केटिलाई प्रयाेग गरेर निस्कन चाहन्थे ।

निहिता विस्वासकि आमा सकुन्तला थापा वकिल थिईन । उनी मार्फत शाेभराजले अदालतलाई पनि मिडियाकाे ध्यानाकर्षण हुने हत्कण्डा मच्चाउने गर्दथे । उनलाई केन्द्रीय कारागारकाे गाेलघर भित्र राखिएको थियोे । जहाँ उनको सुरक्षाको लागि कारागार भित्रै प्रहरी र आन्तरिक प्रशासनका कर्मचारीहरुले पहरा दिएका हुन्थे । रात्रिकालिन समयमा पनि उनी कतिखेर सुत्छन , कतिखेर उठछन र के गरिरहेका छन भनी विशेष निगरानी गरिन्थ्यो । जेलर कार्यालयकाे अनुमति विना उनी  गाेलघरबाट  बाहिर आउन पाउदैन थिए।

शाेभराजले पटकपटक कारागार प्रशासनलाई आन्तरिक रुपमा खलल पुग्ने काम गरेका कारण अरु सामान्य मानिसहरुसंग बाेलचाल गर्न राेक लगाइएकाे थियो । उनी नेपालमा पक्राउ पर्दा ५९ वर्षका थिए । हाल ७८ वर्षका उनी देखिन तन्दुरुस्त देखिए पनि  मानसिक रुपमा केही कमजोर भएको अनुमान गर्न सिकिने  उनिसंगै केही समय केन्द्रीय कारागारमा बसेर छुटेका मानिसको अनुभव रहेको छ । 

शाेभराज सधै आफू छुटने विस्वासमा १९ वर्ष बिताउन बाध्य भए । उनलाई सर्वस्वसहित जन्म कैदकाे फैसला सुनाइएकाे थियो । उनी हालैको कानुन अनुुसार छुटन पाउने थिएनन् । संविधान बनेपछि  २०७४ काे कानुन बन्नु भन्दा अगाडि नै उनको फैसला भईसकेकाे थियोे र जेष्ठ नागरिकले पाउने छुट अन्तर्गत उमेरका कारण छुटेका हुन , नत्र उनी २०८० सालमा मात्र छुटन पाउने फैसलामा उल्लेख छ ।

केन्द्रीय कारागारमा आन्तरिक प्रशासनमा काम गरेका रामेछापका राजेश घिमिरेका अनुसार शाेभराज स्वास्थकाे विषेश ख्याल गर्ने व्यक्ति हुन । उमेरले ७८ वर्ष भएपनि विहान नियमित शारीरिक व्यायम गर्ने उनको बानि हो ।  विहान छिटो उठने , व्यायाम गर्ने , प्रसस्त पानी पिउने  , ध्यान गर्ने , बाईवल पढने , पत्रपत्रिका हेर्ने , साहित्यका किताब अध्यान गर्ने उनको दिनचर्या थियोे ।  उनी ” द काठमाडौ पाेष्ट “का नियमित पाठक थिए ।

शाेभराजले कहिले पनि आफुबाट गल्ती भएकोमा पश्चाताप गरेनन् र आफुलाई कमजोर हुन नदिएकाे घिमिरेको अनुभव छ ।