पुस, ६
काभ्रेपलान्चोक । भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र वडा नम्बर ८ का वडा अध्यक्ष माेतिलाल तामाङ माथि दुर्वव्यबहार सहित आक्रमण भएको छ।
भुम्लु गाउँपालिका वडा नम्बर ८ सिस्नेरि बगर क्षेत्रमा अनाधिकृत रुपमा गिट्टी ,बालुवा, ढुङ्गा उत्खनन गरेको सुचना पाएपछि अनुगमनको लागि साे स्थानमा पुग्दा अध्यक्ष भुजेल र तामाङ माथि नदी दाेहन गर्ने समुहले हातहतियार सहित आक्रमण गरेका हुन ।
आक्रमणबाट अध्यक्ष भुजेल र तामाङ सामान्य घाइते हुनु भएको छ । अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन र चाेरि पैठारी भएको जानकारी पश्चात् उक्त स्थानमा पुग्दा घरेलुु हातहतियार सहित सुनियाेजित तरिकाले घेराबन्दी गरि हातपात गर्दै नियन्त्रणमा लिएको घटना प्रती भुम्लु गाउँपालिकाकाे ध्यानाकर्षण भएको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सुवेदीले जारि गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त घटना निन्दनीय र खेदजनक रहेकाे बताउदै घटनामा संलग्न अपराधीहरुलाई कानुनी दायरामा ल्याउन सम्बन्धि निकायलाई अपिल गर्दछौं , विज्ञप्तिमा भनिएको छ ।
साथै ८ नम्बर वडा अध्यक्ष माेतिलाल तामाङकाे भनाइ अनुसार गाउँपालिकाकाे निर्देशनमा सिस्नेरि बगर क्षेत्रमा गएका थियौ। त्यहाँ पुग्दा षड्यन्त्रपुर्वक हामीलाई घेराउ गरियो र गालि गलौज गर्दै ज्यान मार्ने धम्की दिईयाे । उहाँले भन्नुभयो” हतियार सहितकाे भिडमा हामिले केही गर्न सक्ने स्थिति थिएन । जसाे तसाे बचेर आउन सफल भयौ। “


