काङ्ग्रेस संसदीय दलको नेतामा देउवाकाे निश्चित भए पनि गगनकाे उम्मेदवारले सकस

+
-

पुस, ५

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिए पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाकाे निश्चित जस्तै रहेको छ।

नेपाली काङ्ग्रेसको संघीय संसदमा ८९ जना सांसद रहेका छन।संसदीय दलको नेता चयन हुन ४५ मत प्राप्त गर्नु पर्छ । सस्थापन पक्षकाे तर्फबाट पार्टी सभापति शेरबहादुर देउवालाई ५५ मत प्राप्त हुने आकलन गरिएको छ । तर गगन कुमार थापाकाे उम्मेदवारीले देउवालाई त्यति नै मत आउन नसक्ने संस्थापन इतर नेताहरू बताउँछन् ।

गगन कुमार थापाले शेखर काेइराला पक्षबाट ३४ मत ल्याउने सिधा अनुमान गरिएको छ तर थापाले व्यक्तिगत प्रभावका कारण ४० मत ल्याउने देखिन्छ ।

थापाको उम्मेदवारले अलिकति चलखेल हुन सकेको खण्डमा देउवालाई राम्रै क्षति पुग्ने गगन निकट विद्यार्थी नेता सुरज नेपाल जानकारी दिनुभयो ।