नेपाल पत्रकार महासंघ काभ्रे शाखाले मनायाे आफ्नो स्थापना दिवस

+
-

पुस ,२ 
काभ्रेपलान्चोक । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आफ्नो ३०अौ स्थापन दिवस मनाएको छ। काभ्रेको बनेपामा एक समारोहबीच महासंघले वार्षिकोत्सब तथा साधरण सभा मनाएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा भर्खरै नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सदस्यहरु , काभ्रे जिसस प्रमुख , नगरपालिका र गाउँपालिकका प्रमुख तथा उपप्रमुख , जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी सघ संस्थाका प्रतिनिधिहरु अतिथिकाे रुपमा उपस्थिति हुनु भएको थियो ।

यस्तै नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्षहरु , काभ्रे बाट राष्ट्रिय तथा स्थानीय संचार माध्यममा कार्यरत संचारकर्मिहरुकाे बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३०अौ स्थापना दिवस भएकोले प्रमुख अतिथि र अतिथिहरुले सामुहिक रुपमा ३० वटा मैनवत्ति बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

कार्यक्रममा संघीय सांसद सूर्यमान दाेङ , प्रदेश सांसद लक्ष्मण लम्साल र तिर्थ लामाले स्थापना दिवसको शुभकामना दिनु भएको थियो । जिसस प्रमुख दिपक कुमार गौतम र सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बधाई र शुभकामना व्यक्त गर्नु भएको थियो ।

यस्तै नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष नगेन्द्र अधिकारी , प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी , प्रेस सेन्टरका जिल्ला अध्यक्ष राेजन तामाङ र समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सन्ताेष चौलागाईंले स्वागत मन्तव्य राख्नुका साथै शुभकामना दिनु भएको थियो ।