अ+
अ
अ-
प्रभाकर काफ्ले
पर्खाइ, याे व्रह्माणमा , त्यो जुनको
यो मनभित्र त्यो मनको।
आफू रिसाउँदा उ हाँसिरहने
आफू हास्दाँ उ रिसाइदिने
गाली गरे मुड्कि उजाउने
माया गरे नमन गर्ने
पर्खाइ, यो व्रह्माणमा त्यो जुनको
यो मनभित्र त्यो मनको।
नमिठो पकाइस् भन्दा डाडु उज्जाउने
आहा! मिठो भन्दा गाला ठम्क्याउने
फुर्काउदा टुप्पोमा पुग्ने
खसालिदिदा ठुस्स पर्ने
पर्खाइ, यो व्रह्माणमा त्यो जुनको
यो मनभित्र त्यो मनको।
पैसा चाहियो भन्दै मागिरहने
नदिए, आफ्नै हातले झिक्ने
मलाइ सताउनु सताउने
उनि सक्ने म कमाउने
पर्खाइ, यो व्रह्माणमा त्यो जुनको
यो मनभित्र त्यो मनको।।


