समाचार

संयुक्त यातायात मजदुर ट्रेड युनियन र व्यवसायी महासंघले बुझायो गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

पुस ,१४

काठमाडौ । संयुक्त यातायात मजदुर ट्रेड युनियन र यातायात व्यवसायी महासंघले नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई शुभकामना सहित यातायात व्यवसायी र मजदुरका विषयमा ध्यानाकर्षण गराएको छ।

आज नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ , अखिल नेपाल यातायात मजदुर संघ ,  नेपाल यातायात  मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघकाे कार्यदलले मन्त्री लामिछानेलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

कार्यदलले यातायात र त्यसका क्षेत्रमा कार्यरत श्रमिक माथि राज्यपक्षबाट भएको दुर्व्यवहार र आतंक लगायत विभिन्न नितिगत समस्याको  विषयमा अबगत गराएको छ।

उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ – ” देश भरि चल्ने सार्वजनिक यातायात तथा कार्यरत मजदुर माथि ट्राफिक प्रहरी र राज्यपक्षबाट अनावश्यक दुख दिने गरेका छन्। साथै राजमार्गमा सार्वजनिक यातायातको उचित व्यवस्थापनका लागि भौतिक संरचना नभएको अवस्थामा सामान्य गल्ति कमजोरमा पनि कार्वाही गर्ने गरेको छ । यी र यस्ता विषयमा महासंघकाे ध्यानाकर्षण भएको छ। “

मन्त्री लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाउदै अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष दिपक के सिले यातायातले ट्राफिक नियम उलंघन गरे ५०० जरिवाना गरिने गरेकोमा अचानक जरिवाना बढाएर १५०० पुर्याउनुले आफुलाई अचम्मित बनाएको बताउनु भयो ।

महासंघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री लामिछानेले ग्लाेबल स्ट्यान्डर्डमा हामिले दिने सेवालाई मध्यनजर गर्दै यहि राम्रो बाटो उचित यातायात व्यवस्थापन गरि सेवा दिनु हाम्रो कर्तव्य रहेको बताउनु भयो । यस कुरामा गम्भीर ध्यानाकर्षण भएको बताउदै मन्त्री लामिछानेले छिटोभन्दा छिटो समस्या समाधान गर्न लागि पर्ने बताउनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *