समाचार
सप्तरीको ईटा उधोगमा भारतीय बालक बन्धक, उद्धार गर्न सिडिओबाटै असहयोग !
राजविराज । भारतका एक बालक विगत सात महिनादेखि सप्तरीको ईटा उधोगमा बन्धक रहेको खुलेको छ । सप्तरीको राजविराज १२ स्थित एउटा ईंटा उधोगमा भारतको असाम राज्य धुबरी जिल्लाको बालक बन्धक राखेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए ।

बन्धक बालकलाई मुक्त गराउने प्रयास गर्दा सप्तरीका सिडिओबाटै असहयोग भएको उनले गुनासो गरेका छन् । बालक ७ महिना पहिले आफ्नो बुवासंग मजदुरीको काममा उक्त ईटा उधोगमा आएको थियो । ईंटा उधोगको मालिकको भनाई अनुसार बालकको बुवाले हामी संग लेवर पठाई दिन्छु भनेर पैसा लिएर गयो र आजसम्म फर्केर आएन । त्यसैले बालक यही छन् ।
उता असाममा बालकको परिवारले छोरा नेपालमा बन्धक रहेको भनेर विभीन्न संघसंस्थालाई गुहार लगाए । त्यसपछि भारतीय मिडियामा भाइरल बन्यो खबर । पछि भारतीय दूतावासले पनि थाहा पायो । अहिले ति बालकलाई उद्धार गरिदिन अभियन्ता रायलाई भारतीय पक्षले आग्रह गरेको बुझिएको छ । अभियन्ता राय बालकको उद्धार गर्ने प्रयास जारी राखेका छन् । उनले बालकको सबै प्रमाण ल्याएको बताउँदै सप्तरीका सिडिओसंग एक पटक फेरी कुरा गर्ने र सहयोग गरेपछि उद्धार १र२ दिनमै गरेर घर पुर्याउने बताए ।
