समाचार

क्रिसमस मनाउन रिसोर्ट गएका परिवारको डुबेर मृत्यु

एजेन्सी / स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु भएको छ । रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए । जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए । स्पेनमा रहेकी बेलायती महिलालाई फरेन अफिसले सहयोग गरिरहेको जानकारीमा उल्लेख छ । बुवा र छोरी दुबै बेलायती थिए भने दाइ भने अमेरिकन भएको बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *