समाचार

काभ्रेबाट नेपाली काङ्ग्रेसका कन्चनचन्द्र वादे प्रदेश सभामा निर्वाचित

मंसिर ,९

काभ्रेपलान्चोक । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २(ख)मा नेपाली कांग्रेसका नेता कन्चनचन्द्र वादे अत्याधिक मतले विजयी हुनु भएको छ। उहाँका  निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार थापालाई ४ हजार ७८ मतले वादे पराजित गर्दै विजयी हुनु भएको हो ।

वादेले २६ हजार ३५ मत प्राप्त  गर्दा थापाले २१ हजार ९ सय ६७ मत प्राप्त गर्नु भएको हो ।  वादे २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा निर्वाचित  हुनु भएको थियो । उनी २०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई उद्योग राज्यमन्त्री हुनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *