समाचार

काठमाडाैंका सात स्थानमा नि:शुल्क इण्टरनेट जडान

काठमाडाैं- काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ। जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन्।

करीब तीन महिनाअघि कामपा र वर्ल्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको छ।

सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी नागरिकको चाप बढी हुने भएकाले उनीहरुलाई सुविधा दिनका लागि कामपाले यस किसिमको व्यवस्था गरेको हो। हनुमान ढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएका भन्दा धरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नुपर्ने कामपा सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।

उनका अनुसार अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ। सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र उक्त इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो । प्रयोकर्ताको संख्या वृद्धि भएपछि थप्नुपर्ने देखिएको हो।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा र पछि नागरिकको आवश्यकता हेरी अन्य स्थानमा पनि राखिने बताए। यसअघि कामपाले रत्नपार्कबाट उक्त सुविधा प्रदान गरिसकेको छ। रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *