समाचार

चेलिबेटीकाे माइतीघर बनेर मनायो श्रमिक संगठनले तिज कार्यक्रम

भदौ १६ आइतबार
काठमाडौ । महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे पुर्व सन्ध्यामा नेपाल स्वतन्त्र आउट साेर्स श्रमिक संगठन काठमाडौ जिल्ला कमिटीले तिज विषेश कार्यक्रम गरेको छ। शनिवार  काठमाडौकाे बागबजारमा आयाेजित कार्यक्रमकाे समन्वय नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठन केन्द्रीय कमिटीले गरेको थियो ।

उक्त कार्यक्रम संगठन भित्रका विभिन्न इकाईहरुमा रहेर श्रम गर्ने दिदिबहिनीहरुलाई  थप सकृया र उत्साह प्रदान गर्ने उदेश्यले गरिएको थियो । तिज महिलाहरुले मनाउने विशेष पर्व हो । यहि अबसरमा महिलाहरुले आपसमा भेटघाट गर्ने , तिजका गितमा नाचगान गर्ने र मिठाे मसिनाे खाएर शुभकामना आदन प्रदान गर्दै मनाेरञ्जन गर्ने गर्छन् ।

कार्यक्रमलाई शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि एकीकृत ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु  लम्सालले तिजकाे नाममा विकृति फैलिरहेकाे हुँदा यसलाई सभ्य ढंगबाट मनाउन महिला दिदिबहिनीहरुलाई आग्रह गर्नु भएको छ।

यस्तै एकीकृत ट्रेड यूनियन महासंघ नेपालका उपाध्यक्ष तथा महिला कमिटी अध्यक्ष सुनिता थापाले राज्यले महिला ,पुरुषको श्रमलाई एउटै दृष्टिले हेर्नू जरुरी भएको बताउनुभयो । अझै पनि विभिन्न ठाउमा महिला र पुरुष बीच विभेद हुने गरेको विषयमा चिन्ता व्यक्त गर्दै महिलालाई अगाडि बढाउन घर समाज र राज्य लाग्नु पर्ने उहाँको भनाइ थियो ।

एकीकृत ट्रेड युनियन महासंघका सचिव तथा नेपाल आउट साेर्स श्रमिक संगठन नेपालका केन्द्रीय इन्चार्ज वेद प्रसाद हुमागाँइले संयाेजन गर्नु भएको साे कार्यक्रममा विभिन्न इकाईमा काम गर्ने महिलाहरुकाे बाक्लाे उपस्थिति रहेको थियो ।

नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रेम बहादुर कार्कीले कामकाे व्यस्तताले माइती ,मावल जान नपाएका दिदीबहिनीहरुलाई माइतीकाे याद मेटाउन यो कार्यक्रमले सहयोग गर्ने अपेक्षा राख्नु भयाे । संगठनले तिजकाे कार्यक्रम गरेकाेमा हेल्पिङ हेण्ड अस्पतालमा कार्यरत एक कर्मचारीले खुशि व्यक्त गरनु भएको थियो

कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित महिला दिदिबहिनीहरुले तिजका विभिन्न गितमा नाचगान गरि मनाेरञ्जन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *