समाचार

एमाले निकट युवासंघ नेपालका नगर संयाेजक सहित दर्जन नेता नेपाली काङ्ग्रेसमा प्रवेश

काभ्रे । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नमोबुद्ध नगर कमिटीका संयोजक रमेश लाल श्रेष्ठसहित एमालेका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नमोबुद्ध–२ मा आयोजित मतदाता भेटघाट तथा कार्यकर्ता भेलामा श्रेष्ठसहित एमाले वडा कमिटी सदस्य निर्मल श्रेष्ठ, सुनिल घिसिङ, सरोज भुजेल, रामकृष्ण गौतम, कपिल श्रेष्ठ, दिर्घराज श्रेष्ठ, प्रदिप तामाङ कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समितिका सभापति आकाश तामाङको पहलमा १५ घर परिवार नेपाली कांग्रेस प्रवेश गरेका छन् । रमेश कटुवाल, शंखलाल तामाङ, प्रशान्त तामाङ,चुनबहादुर तामाङ, सुदर्शन कटुवाल, सन्देश तामाङ, बलराम परियार, रामकुमार कटुवाल, मनिष कटुवाल, केशव कटुवाल, राजकुमार कटुवाल, प्रविन कटुवाल, प्रकाश परियार, दिपक गजराज लगायत कांग्रेस प्रवेश गरेक हुन् ।

लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रदेश सभा १ (ख)का साझा उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति तिर्थ लामाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशीले एमालेले झुटको खेती गरेको, व्यक्तिवादी प्रवृती हाबी भएकोेले एमाले परित्याग गरेको बताए । कांग्रेस जिल्ला सभापति लामाले नवप्रवेशीलाई स्वागत गर्दै कांग्रेसले सबैको अधिकारको लागि लड्ने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई निर्वाचित गराउन अनुरोध गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *