समाचार

पढ्ने उमेरका बालबालिका दाउरा खोज्दै

खलङ्गा । जिल्लाकै दुर्गम गाउँपालिकाको रूपमा रहेको बारेकोट गाउँ पालिकाका आर्थिक अवस्था कमजोर भएका दलित बाल बालिका विद्यालय बाहिर रहेको पाइएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले आवश्यक शैक्षिक सामग्री खरिद गर्न नसकेपछि उनीहरू विद्यालय शिक्षाबाट बाहिर भएका हुन् । जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ६ की तारा नेपाली घरको आर्थिक अवस्था नाजुक भएको कारण विद्यालयको पहुँचबाट टाढा हुनुभएको हो ।

ताराले भन्नु भयो ‘मलाई पढ्न मन त छ तर घरको आर्थिक अवस्थाले विद्यालय जान पाएकी छैन । सोही वडाका निर्मला नेपाली पनि विद्यालय जानु भएको छैन । उहाँको पनि अवस्था उस्तै छ । जिल्लाको अति विकट मानिएको बारेकोट गाउँ पालिकाका तारा र निर्मला उदाहरण मात्र हुन् । बारेकोटका सयभन्दा बढी दलित बालबालिका विद्यालयको पहँुच भन्दा बाहिर रहेको बारेकोट गाउँपालिकाका स्थानीय कालीबहादुर नेपालीले बताउनु भयो ।

बारेकोट गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तिलक महतारा यस वडामा धेरै बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको बताउनु हुन्छ । घरको आर्थिक अवस्था कमजोर हुनु र सानै उमेरमा आमा बाबुको निधन भएका यहाँका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेको उहाँको भनाइ छ ।  बिहान नै उठेर विद्यालय जानुभन्दा पहिले यहाँका बालबालिका डाले घाँस लिन स्थानीय जङ्गल जाने गर्छन् । बाल बालिकामा शिक्षाको विकास गर्न कुनै पनि सरकारी निकायले ध्यान दिएका छैनन्। गोरखापत्र अनलाईन मा सहदेव बस्नेतले यो समाचार लेखेका छन्

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *