समाचार
विद्यार्थी कुट्ने शिक्षक पक्राउ
रूपन्देही / रूपन्देही सम्मरीमाई गाउँपालिका-६ काे ज्ञानदीप बोर्डिङ स्कुलका मर्चवारमा मोहम्मद देवानलाई कुट्ने शिक्षक पक्राउ परेका छन् । ज्ञानदीप बोर्डिङ स्कुलमा पढाउने शिक्षक शैलेन्द्र बराईलाइ प्रहरीले पक्राउ गरेकाे हाे । उनले कक्षा ५ मा पढ्ने देवानलाई होमवर्क नगरेको भन्दै गत बुधबार लठ्ठीले कुटेका थिए।
कुटपिट हुँदा आइतबार हुलाकमार्फत् उजुरी गरेपछि शिक्षक बराईलाई आइतबार मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्ग खत्रीले जानकारी दिए । देवनले सो दिन कापी लिन बिर्सेपछि शिक्षकले उनीमाथि लठ्ठीले हानेका थिए। चोटले उनको दाँया आँखा सुन्निएको थियो। सो उजुरी गर्दा प्रहरीसमक्ष पीडित नपुगेको भन्दै कारबाहीको काम रोकिएको थियो।

