समाचार

गगन थापाले चुनाव जितेमा संसदिय दलकाे नेतामा दावि गर्ने

काठमाडौं ।नेपाली काङ्ग्रेसका नेता तथा महामन्त्री गगन थापाले आफुलाई जिताउन मतदातालाई अपिल गर्नु भएको छ।

काठमाडौं क्षेत्र नम्बर ४ मा आयाेजना गरिएको काभ्रे – काठमाडौं सम्पर्क मञ्चकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेता थापाले अाफुले चुनाव जिते संसदिय दलकाे नेतामा प्रतिस्पर्धा गर्ने बताउनु भएको हो ।

उहाँले भन्नू भयाे ” याे निर्वाचनमा मलाई जिताउनु आवाश्यक छ । किनभने मैले जितेपछि संसदिय दलकाे नेतामा प्रतिस्पर्धा गर्ने छु । दल भित्र प्रतिस्पर्धा गर्ने व्यबस्था नेपाली काङ्ग्रेसमा मात्रै रहेकाे उहाँको भनाइ थियोे ।

अन्य दलमा ठुला नेतासंग प्रश्न र प्रतिस्पर्धा गर्ने चलन छैन्। आफू नभए काङ्ग्रेसमा पनि त्यो चलन हटने बताउनु भयो । महामन्त्री थापाले आफु सिधै प्रधानमन्त्रीका लागि लड्न लागेकाे नभने पनि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने मनशाय व्यक्त गर्नु भएकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *