समाचार

जापानमा फेरि एक नेपाली युवकको मृत्यु

जापान – जापानमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिपिन धिताल रहेका छन् । चितवन स्थायी घर भएका उनको जापानको चिबामा खाना बनाउँदै गर्दा अचानक मृत्यु भएको हो ।त्यहाका नेपालीहरुकाभनाइ अनुसार आईतबार खाना बनाउँदै गरेका धितालको अचानक मृत्यु भएको हो ।

श्रीमतीसहित जापान बस्दै आएका मृत्तक धितालको शव पोष्ट मार्टमका लागि चिवाको नोदा प्रहरी स्टेशनमा राखिएको बताइएको छ ।धितालको कलेजोमा समस्या रहेको बताइएको छ । प्रहरीले उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान लगाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *