समाचार

त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ५ पुग्यो, ३ को सनाखत

धादिङ – धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस बन्छेटारको घुम्तीबाट त्रिशूली नदीमा खस्दा एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ भने ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार काठमाण्डौँ चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डौ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदीको सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुर्घटनामा २९ जना घाइते भएका छन् । दुर्घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *