समाचार
आज चन्द्र ग्रहण साँझ ५:११ देखि ६:३४ सम्म रहने

आज चन्द्र ग्रहण हाे । आज कार्तिक शुक्ल पूर्णिमाकाे दिन साँझ ५ बजेर ११मिनेटमा देखि ६ बजेर ३४ मिनेट सम्म ग्रहण समय रहेकाे नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ।
ग्रहणकाे समयमा चन्द्रमा पुरे ढाकिने भएकोले खण्डग्रास चन्द्र ग्रहण भनिएको हाे । खाना खान ,सुत्न , देवकार्य गर्न आदिका लागि वर्जित गरिएको छ।
२०७९ साल कार्तिक २२ गते मंगलबार शुक्ल पूर्णिमा का दिन लाग्ने चन्द्रग्रहण को बारेमा जानकारी लिनुहोस्।
सुतक समय : बिहान ८:११ देखि शुरू
ग्रहण शुरु : सांझ ०५:११ देखि
मोक्ष समय : सांझ ०६:३४ पछि
(सर्वपर्व : १ घण्टा २३ मिनेट)
कार्तिक २२ गते मंगलबार बिहान ८:११ देखि बालक, वृद्धवृद्धा, बिरामी, आतुर व्यक्ति हरु बाहेक अन्य वैदिक सनातन धर्मावलम्बीहरू लाई भोजन निषेध गरिएको छ।
————————————————————
ग्रहण को बेलामा गर्न नहुने कार्यहरु
(सांझ ५:११ देखि ६:३४ सम्म)
सुत्नु हुँदैन,खानु हुँदैन, दिसापिसाब गर्नुहुंदैन।
मनोरञ्जन, मैथुन इत्यादि वर्जित छ।
————————————————————-
ग्रहण को बेलामा गर्न हुने कार्यहरू
भजन कीर्तन र जाप पुजापाठ गर्नुहुन्छ।
ग्रहण को दिन एकोदिष्ट श्राद्ध गर्नुहुन्छ।
यथासक्य अन्नदान, वस्त्र दान, गौदान, सुवर्ण दान
लगायत विभिन्न दानहरु गर्नुहुन्छ।
पुनश्चः — २२ गतेको चन्द्रग्रहण को नराम्रो प्रभाव बिशेषत: मेष राशि भएका व्यक्तिहरूलाई पर्नेछ। ली लु ले लो नाम अक्षर बाट नाम शुरू हुने हर कोहि सनातन धर्मावलम्बीहरू ले पुजापाठ र भजन कीर्तन गर्नु। यथासक्य दान गर्नु पुण्य प्राप्त हुन्छ।


