समाचार
मंसिर ४को निर्वाचनमा काभ्रेबाट नेता लक्ष्मण लम्सालको टिकट पक्का , भोलि उम्मेदवारी दर्ता गर्ने

टुकी संवाददाता,
काभ्रे / नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव लक्ष्मण लम्साल काभ्रेको क्षेत्रनम्बर २ प्रदेशसभा ‘ क’ बाट उमेद्वार को टिकट पाउने पक्का भएको छ। नेकपा एस काभ्रेले आगामी मंसिर ४गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २को प्रदेशसभा ‘ क ‘अन्तर्गतको सिट पाएको छ।
गठबन्धनको भागबन्डामा काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर एकमा नेकपा माओवादी केन्द्र, प्रदेशसभामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पाएका छन्। प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा नेपाली कांग्रेसले र प्रदेशसभा अन्तर्गत ‘ क ‘मा नेकपा एकीकृत समाजवादी र ‘ख’ नेपाली कांग्रेसले पाएको छ।
प्रदेशसभा ‘क’ अन्तर्गत नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण लम्साल सर्वसम्मत उम्मेदवार हुनु भएको छ। काभ्रेमा उम्मेदवार सिफारिस समन्वय समितिले नेता लम्साललाई बहुमतले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको थियो।
जिल्ला निर्वाचन आयोगको कार्यालय धुलिखेलमा भोलि असोज २३गते हुने उमेरद्वार मनोनयन दर्तामा नेकपा एकीकृत समाजवादीका नेता लक्षमण लम्सालले उमेदवारी दर्ता गर्नुहुनेछ।



