समाचार

बलात्कार गरेर फरार एनबी बैंकका मेनेजर पक्राउ

विराटनगर  / एक महिलामाथि बलात्कार गरेर फरार रहेका मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश (एनबी) बैंक शाखा कार्यालयका मेनेजर अमित बास्तोला पक्राउ परेका छन् । २०७५ साल चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेपछि फरार रहेका उनलाई प्रहरीले रंगेली–७ बाट पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–४ बाट कर्जा माग्न बैंकमा पुगेकी महिलालाई बास्तोलाले होटलमा लगेर बलात्कार गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *