समाचार
काभ्रे क्षेत्र नम्बर १ प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवार दुर्गाबहादुरले तिर्थ लामालाई सहयोग गर्ने

कार्तिक २० आइतबार
काभ्रेपलाञ्चोक । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश सभा ख मा स्वतन्त्र उम्मेदवारी दिएका दुर्गाबहादुर घर्तीले लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका तीर्थ लामालाई सघाउने गरी उम्मेदवारी निष्कृय पारेका छन् ।
खानीखोला–२ फलामेटारमा भएको कार्यक्रममा घर्तीले आफ्नो उम्मेदवारी निष्कृय पारेका हुन् । घर्तीले सो क्षेत्रको विकास, समृद्धिको लागि तीर्थ लामा र गठबन्धनको जित आवस्यक रहेको महसुस गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताए ।
संविधान बनाउन योगदान गरेका, काभ्रेको भूगोल बुझेका, विकासलाई हरेक बस्तीसँग जोड्न सक्ने विकासप्रेमी, युवामाझ लोकप्रिय, काभ्रे कांग्रेसका सभापति रहेका लामा विजयी भए आफ्नो क्षेत्रको विकास हुने भएकोले आफूले समर्थन गरेको घर्तीले बताए ।

