समाचार

पाँचथरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा वालिकाको शव फेला

पाँचथर / पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ४ पंचमी स्थित कार्तिके भन्ने स्थानमा एक वालिकाको हत्या भएको अवस्थामा गएराती शव फेला परेको छ ।

मृत्यु हुनेमा स्थानिय १५ वर्षिय शितल योङहाङ रहेका छन् । घर बाट १० मिनेट टाढा खोल्सी छेउमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले बताउनुभयो ।

अहिले उनको पोष्टमार्टमको तयारी भइरहेको उहाँले बताउनुभयो । घटना कसले गर्यो भन्ने अहिले सम्म पत्ता नलागेको हुँदा खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *