समाचार
भक्तपुरको जुजुधौ : खान पुग्दा देखिएको दृश्य
काठमाडौँ । दही स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ। नियमित दही खानाले रोगप्रतिरो धात्मक क्षमता बढ्ने र पेटलाई शीतलता प्रदान गर्दछ। दहीहरूको राजा हो जुजु धौ। जुजुधौ भक्तपुरको मौलिक एवं परम्परागत उत्पादन हो। जुजु धौ नेवारी शब्द हो र नेवारी भाषाको जुजु धौ भन्नाले दहीको राजा भन्ने जनाइन्छ।
कुरा शुक्रबारको हो । हामी भक्तपुर पुगेका थियौँ । व्याँसीस्थित आर एस जुजु धौ मा बाइक रोक्यौँ । भक्तपुर दहीका लागि यसै पनि चर्चित जिल्ला हो । भक्तपुरका बनेको जुजुधौ आफैँमा ब्राण्ड बनिसकेको अवस्थामा हामीले जुजुधौ नचाखिरहने कुरै भएन । जुजु धौको टेस्ट फरक थियो निकै मीठो पनि । हामीलाई अब यसको बनाउने विधिबारे कौतुहलता जाग्यो ।
डेरी सञ्चालिका रीना सुवाल आफैँले जुजु धौ बनाउने रहि छिन् । हामीले सोध्यौँ–‘ कसरी बन्छ जुजुधौ ? ’ निकै हार्दिकताका साथ उनले जुजुधौ बनाउने तरिका, विधि र स्थानबारे जानकारी दिइन् । दहीका पारखीहरू स्वादैबाट जुजु धौ हो कि होइन पत्ता लगाउँ छन्। तर जुजु धौ बनाउने विधि भने धेरैलाई थाहा नहुन सक्छ।
