समाचार
एमालेबाट काभ्रेमा गोकुल बास्कोटा र रेसम लामा उमेद्वार

टुकी संवाददाता,
नेकपा एमालेले काभ्रेको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधिसभा क्षेत्र नं १बाट नेता रेशम लामा र प्रतिनिधिसभा क्षेत्र नम्बर २बाट पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई उमेरद्वार सिफारिस गरिएको छ।
काभ्रेको एमाले राजनीतिक वृत्तमा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई सर्वसहमत उमेरद्वार सिफारिस गरिएको थियो। नेता बास्कोटाले टिकट पाउनेमा दुईमत थिएन ।तर नेता रेशम लामाको हकमा विभिन्नखाले चर्चा परिचर्चाहरु चलेको थियो । उनी राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन्।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभाबाट दिलिप तामाङ’ क’ र चन्द्र लामा ‘ख’मा उमेद्वार सिफारिस हुनु भएको छ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २’क’ मा कुमार खकुरेल र कुमार थापा ‘ख’ मा सिफारिस रहनुभएको छ।
आइतबार मनोनयन दर्ता हुने निर्वाचन आयोगको कार्यतालिकाअनुसार एमालेले अधिकांश उमेरद्वारको टुंगो लगाइसकेको छ।

