काभ्रे रेडक्रसका पदाधिकारीद्वारा पदभार ग्रहण

+
-

बनेपा/नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको भाद्र ३१ गते भएको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन्। आज बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका हुन्।

रेडक्रस सोसाइटी काभ्रे शाखाको अधिवेशनबाट सभापति रघुनाथ हुमागाई ,उपसभापति देवेन्द्रप्रसाद भैल, महिला उपसभापति पुन्यवती घले, महामन्त्री हेमलाल तामाङ र कोषाध्यक्षमा प्रेम कुमार तामाङ सहित १७ सदस्य कार्यसमिति निर्वाचित भएको थियो।

आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्दै नवगठित समितिका सभापति रघुनाथ हुमागाईले रेडक्रस काभ्रेलाई रेडक्रस जस्तो चलाएमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आजैबाट सुरु भएको नयाँ प्रयोगशालालाई व्यवस्थित बनाएर काभ्रेमा रगत अभाव हुने दिनको अन्त्य गर्न आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनुभयो।