पैसा नहुँदा अस्पतालमा बच्चा जन्माउन दिइएन्

+
-

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले सप्तरीको राजविराजमा एक महिलाले आर्थिक अभावमा अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनु परेको अवस्था बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरूले नेपालको संविधानले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको व्यवस्था गरेको भए पनि मुलुकमा यस्तो अवस्था आउनु दुःखद भएको टिप्पणी गर्नुभयो ।

बैठकमा सांसद खगेन्द्र कर्णले राजविराजमा एक महिलाले आर्थिक अभावका कारण अस्पताल परिसरमा बच्चा जन्माउनु परेको अवस्थाको यथार्थका बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

सांसद अङ्किता ठाकुरले पनि राजविराजमा महिलाले आर्थिक अभावका कारण अस्पताल परिसरमा बच्चा जन्माउनु परेको अवस्थाले राज्य प्रणालीको कुरूप अवस्था चित्रण गरेको उल्लेख गर्नुभयो । साथै उहाँले यसबाट संविधानको मौलिक अधिकार हनन भएको बताउनुभयो ।