काभ्रेपलाञ्चोक, आश्विन १
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले नयाँ नेतृत्व पाएको छ। भाद्र ,३१ गते बनेपामा भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो
नव गठित समितिमा सभापति रघुनाथ हुमागाई, उपसभापति देवेन्द्रप्रसाद भैल , महिला उपाध्यक्ष पुन्यवती घले, महामन्त्री हेमलाल तामाङ,उप महामन्त्री राजु सिग्देल, कोषाध्यक्ष प्रेम कुमार तामाङ र उप कोषाध्यक्षमा निलम श्रेष्ठ निर्वाचित भएका छन्।
यस्तै ,सदस्यमा पुस्कर तिमल्सिना, कृपेन्द् श्रेष्ठ , भोटु हुमागाई, पार्वती थापा, सुभद्रा देवी गुरागाईं ,गीता तिमल्सिना, अनन्त कृष्ण श्रेष्ठ , देवीप्रसाद नेपाल,नवराज दुलाल , ज्ञान कुमार तामाङ, रहेका छन्।
समितिमा नेकपा ( एकीकृत समाजवादी )र नेपाली कांग्रेसको प्यानल नै विजयी भएको थियो। नेकपा (एकीकृत समाजवादी) बाट कोषाध्यक्ष प्रेम कुमार तामाङ र सदस्यहरु पुष्कर प्रसाद तिमल्सिना, कृपेन्द् श्रेष्ठ र भोटु हुमागाई बिजयी हुनु भएको छ।


