एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले बुझायो स्वास्थ्यमन्त्रीलाई स्मरणपत्र

+
-

काठमाडौं, भाद्र ३१ 

               अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( एकीकृत समाजवादी)ले स्वास्थ्य मन्त्री भवानी खापुङलाई स्मरण पत्र बुझाएको छ। संगठनले विद्यार्थीहरुका लागि स्वास्थ्यको क्षेत्रमा निःशुल्क ओपिडी सेवा र उपचारमा ५० प्रतिशत छुटको माग गर्दै श्रावण ५गते ज्ञापनपत्र बुझाएको थियो।

              हालसम्म पनि उक्त ज्ञापन पत्रको सुनुवाइ नभएकाले स्वास्थ्यमन्त्री समक्ष स्मरणपत्र बुझाइएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनद्वारा जारी स्मरण पत्रमा उल्लेख गरिएको छ।

              शिक्षा र स्वास्थ्य कानुनमा नै मौलिक अधिकार भनि व्यवस्था गरिएकोले सरकारी, सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्यायनरत विद्यार्थीहरुका लागि स्वास्थ्यको क्षेत्रमा निःशुल्क ओपिडी सेवा र उपचारमा छुट गर्ने माग गरिएको छ।