अ+
अ
अ-
काभ्रेपलाञ्चोक, भाद्र ३०
नेकपा (एकीकृत समाजवादी) काभ्रेबाट समाजवादी सहकारी संगठन नेपालको केन्द्रीय सदस्यमा दुई जना निर्वाचित हुनुभएको छ। निर्वाचित हुनेमा नेकपा (एस) काभ्रेका सचिवालय सदस्य हरिगोपाल प्रधानाङ्ग र ज्ञानेन्द्र तामाङ रहनुभएको छ।
काठमाडौंमा भएको राष्ट्रिय सम्मेलनमा ७३ सदस्य कमिटी मध्ये काभ्रेबाट उहाँहरुले प्रतिनिधित्व गर्नुभएकोमा बधाई तथा शुभकामना दिदै नेकपा (एकीकृत समाजवादी) काभ्रेले कार्यकाल सफलताको कामना गरेको छ।
समाजवादी सहकारी संगठनको केन्द्रीय सदस्य निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै सचिवालय सदस्य हरिगोपाल प्रधानाङ्गले भन्नुभयो “-काभ्रेमा रहेको सहकारी क्षेत्रमा नयाँ आयाम थप्न र अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने छौं भन्ने आशा लिएका छु।


