समाचार

विश्वविद्यालयमा तालाबन्दी सम्बन्धित पक्ष मौन


टुकी संवाददाता
       

      मोरङ स्थिति मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी भएको छ। विश्वविद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूको संगठनले तालाबन्दी गरेको हो । सोमबार देखि लागु हुनेगरी विश्वविद्यालयका उपकुलपति ,म . प्रा . वि .सेवा आयोगका अध्यक्ष , रजिष्टार र प्राचार्यको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

         नेपाल सरकार ,भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानको त्रिपक्षीय सम्झौता भई २०६५सालदेखि सञ्चालनमा आएको मनमोहन प्राविधिक विद्यालयमा शिक्षक तथा कर्मचारीहरुको संगठनले तालाबन्दी गरेका हुन् । विश्वविद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरू विगत केही समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत छन । व्यवस्थापन र आन्दोलनरत पक्षबीच पटक पटक छलफल भई माग पूरा गर्ने सहमति भएको थियो।
           

मनमोहन प्राविधिक विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्तरुपमा शिक्षक र कर्मचारीहरुको हकहितलाइ सम्बोधन गरिदिन उपकुलपतिलाई १८ बुँदे माग सहितको पत्र बुझाएका थिए। “विभिन्न चरणमा छलफल भएको थियो ,तर छलफल र परामर्श विपरीत शिक्षक, कर्मचारी लगायत प्राविधिकहरूको नियुक्ति तथा बढुवा सम्बन्धी कार्यविधि २०७९पारित भएको पाइयो । स्थायी शिक्षक तथा कर्मचारीको बढुवा र करारहरूको हकमा स्थायी गरि सूचना प्रकाशित गर्ने शर्त थियो तर त्यस्तो पाइएन। हामीले बाध्य भएर तालाबन्दी गरेका हौं “- संघर्षरत कर्मचारी तथा शिक्षकहरूको संगठन द्वारा जारी विज्ञप्तिमा भनिएको छ।
           

उल्लेखित विज्ञप्तिमा भनिएको छ “संघर्षरत पक्ष कुनै पनि सुनुवाइ भएको देखिएन ,हामीले तालाबन्दी गर्न बाध्य भएका छौं । यसबाट पर्नजाने असुविधाप्रति सम्बन्धित कार्यालयका प्रमुख जिम्मेवार हुनेछन् “।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *