समाचार
प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालय बैठक फेरि सर्यो
सिंगापुरबाट उपचारगरि हालै स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएका छन् । प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरि स्थगित भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहिबार अपरान्हका लागि बोलाईएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि शुक्रबार सम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीलाई ज्वरो आएको जानकारी दिनुभयो ।
विहिबार अपरान्ह ३ बजेका लागि सचिवालय बैठक बोलाईएको थियो । स्थगित बैठक शुक्रबार ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

