समाचार
सुत्केरी ल्याउन हिडेको हेलिकोप्टर दुर्घटना सवार ५ जनाको मृत्यु
सुत्केरी ल्याउन हिडेको हेलिकोप्टर दुर्घटना सवार ५ जनाको मृत्यु: एजेन्सी। अस्पतालको औषधि बोकेको हेलिकोप्टर दुर्घटनामा परेको छ। आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ हेलिकोप्टरमा सवार सवै ५ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो ।गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ ।“आपत्कालिन सेवाको आवश्यकता परेकी २६ बर्षिया गर्भवती महिलाको ज्यान जोगाउनका लागि गएको हेलिकोप्टर आफै दुर्घटनामा परेको हो,” आपत्तकालिन सेवा प्रमुख पिर होसैन कुलिभान्डले भन्नुभयो ।चालक दलका तीन जना र सहयोगी दुई जना गरी पाँच जनाको दुर्घटनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।पहाडी क्षेत्रमा रहेको ट्रन्समिसन टावरमा ठोक्कीएर होलिकोप्टर दुर्घघना भएको राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएको छ ।इरानमा बेला बेलामा यस्ता हेलिकोप्टर तथा विमान दुर्घटना भइरहने गरेका छन् । अहिले दुर्घटना भएको क्षेत्रमा यसअघि पनि दुर्घटना भएको अधिकारीहरुले बताएका छन्काठमाडौँ – नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ ।विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित

सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसङ्घको स्थापना भएको थियो ।त्यस समय यता नेविसङ्घले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । स्वर्ण जयन्तीको अवसरमा नेविसङ्घ काठमाडौँले पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उपत्यकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।यसैगरी, नेविसङ्घ निवर्तमान केन्द्रीय समितिले ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी सङ्घको भूमिका’ खुला बहस कार्यक्रम, नेविसङ्घ पद्यकन्या बहुमुखी क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम, नेविसङ्घ धादिङ काठमाडौँ सम्पर्क समितिले दीप प्रज्वलन कार्यक्रम, नेपाल ल क्याम्पसको आयोजनामा चियापान तथा दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।नेविसङ्घका विभिन्न जिल्ला समितिले पनि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउन लागेका छन् । नेविसङ्घका नेता लीलावल्लभ दाहाल ‘काका’ नेविसङ्घको केन्द्रीय समिति नभएको वर्तमान अवस्थामा विभिन्न जिल्ला र क्याम्पस समितिको आयोजनामा स्थापना दिवस मनाउन लागिएको बताउँछन् ।नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी नेविसङ्घको स्वर्ण जयन्ती केन्द्रीय समिति नभएको अवस्थामा दुःखदका साथ मनाउनुपरेको बताउँछन् । “इतिहास बोकेको विद्यार्थी सङ्गठनको स्वर्णदिवस नेतृत्व नभएको अवस्थामा मनाउनु परेको छ”, उनले भने ।विसं २०२७ मा स्थापना भएको नेविसङ्घको वर्तमान नेतृत्वले राजीनामा दिएसँगै नेविसङ्घ केन्द्रीय समिति अहिले नेतृत्वविहीन बन्न पुगेको छ ।।



