समाचार
अनामनगरमा निषेधाज्ञाको मौका छोपेर मापदण्डविपरीत चाम्लिङको भवन बन्दै

काठमाडौं, १४ भदौ । काठमाडौको अनमानगरस्थित धोबीखोलाको किनारामा हरि चाम्लिङले मापदण्ड रातारात भवन निर्माण गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपेर चाम्लिङले धोबिखोला करिडोरको बाटोमा छोड्नु पर्ने बाटोको भाग नछोडि अक्सिडेन्टल स्कुल नजिकै रहेको जग्गामा भवन बनाइरहको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय र काठमाडौ महानगरपालिकसँग मापदण्डविपरीत भएको निर्माण तत्काल रोक्न स्थानीय बासिन्दाले माग गरेका छन् । साथै गैर कानूनी संरचना हटाउन पर्ने उनीहरुको भनाई छ । तर स्थानीय तहले चासो दिएको छैन ।


